काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
बैंकले कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कात्तिक १७ गतेसम्म सेयर खरिद गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएकाहरू साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।





Comment