काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफूहरूलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको खण्डमा त्यसको स्वागत गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।”
प्रसाईँले भनेका छन्, वार्ताका लागि बोलाउँदा मात्र नभई अब राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान आवश्यक रहेको पनि उनले जोड दिएका छन्।
उनका अनुसार देशले अहिले वास्तविक समाधान खोजिरहेको बेला सरकार जिम्मेवार भएर अघि बढ्नु जरुरी छ।
यसअघि दुर्गा प्रसाईँले विभिन्न आन्दोलन र अभिव्यक्तिहरूमार्फत सरकारलाई जनताको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।





Comment