काठमाडौं। हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइने भएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीको शव सोमबार स्वदेश ल्याइने तयारी भएको हो।
जोशीको शव सोमबार दिउँसो फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइने जनाइएको छ।
विपिन जोशीलाई हमासले गत २०२३ अक्टोबर ७ मा इजरायलको किबुत्ज क्षेत्रबाट नियन्त्रणमा लिँदै बन्धक बनाएको थियो। उनी अध्ययनको सिलसिलामा इजरायल गएका थिए।
जोशीको अवस्थाबारे लामो समयसम्म केही जानकारी नहुँदा परिवार र सरकार दुवै अनिश्चिततामा थिए। तर गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।





Comment