सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा एक भव्य बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा सम्पन्न भएको हो, जहाँ सयौंको संख्यामा कर्मचारी, अभिकर्ता, बीमित तथा शाखा प्रमुखहरूले रक्तदानमा सक्रिय सहभागिता जनाए।

कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ विभाग प्रमुख भुषण रिमालले सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव देशभर सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रमहरूमार्फत मनाइरहेको जानकारी दिए।

उनका अनुसार कम्पनीले देशभरका शाखा कार्यालयहरूमा रक्तदान, आर्थिक सहयोग तथा बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कात्तिक २ गते परेको वार्षिकोत्सवलाई अवसरका रूपमा लिँदै कम्पनीले दुरदराजका क्षेत्रहरूमा समेत बीमा सचेतना अभियानहरू सञ्चालन गरिरहेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले यस्तो कार्यक्रमहरू मार्फत सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता दर्शाएको छ, जसले कम्पनीको सकारात्मक छवि अझ सुदृढ बनाएको छ।

प्रकाशित : 17 October, 2025 3:46 pm