मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकको २६४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(कर समेत) घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी २० औं वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने बैंकले जनाएको छ ।

प्रकाशित : 16 October, 2025 11:51 am