काठमाडौं । बीमा अभिकर्ताहरूको निरन्तर आन्दोलनपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमारलाल कर्णले पदबाट राजीनामा दिएका छन्।
कम्पनीका अभिकर्ताहरूले बोनसदर न्यून भएको भन्दै कम्तीमा ५० रुपैयाँ वा सोभन्दा बढीको माग गर्दै आन्दोलन चर्काएपछि कर्णले सोमबार दिउँसो राजीनामा दिएका हुन्। आन्दोलनरत अभिकर्ताहरूले सिइओ र कर्मचारीहरूलाई कार्यालय प्रवेश गर्न समेत अवरोध गरेपछि स्थिति जटिल बनेको थियो।
कर्णको राजीनामा सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी स्रोतले जनाएको छ। आन्दोलनको दवाबबीच सञ्चालक समितिले तत्कालीन रूपमा राजीनामा स्वीकारेको हो।
केही समयदेखि हिमालयन लाइफ इन्स्योरेन्समा अभिकर्ताहरूको असन्तुष्टि सार्वजनिक हुँदै आएको थियो। बोनसदरमा सुधारको माग गर्दै उनीहरूले विभिन्न चरणमा आन्दोलन चर्काउँदै आएका थिए।









Comment