काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी पुस्ताका प्रतिनिधिबीच हुने भनिएको छलफल स्थगित भएको छ। सोमबार तय गरिएको वार्ता जेनजी युवाबीच नेतृत्वको विषयमा उत्पन्न मतभेदका कारण अनिश्चित बनेको हो।
यसअघि शनिबार वार्ता कार्यक्रम तय गरिएको थियो, तर राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि सो छलफल सोमबारका लागि सारिएको थियो। तर सोमबार पनि जेनजी समूहभित्र सरकारद्वारा चयन गरिएका प्रतिनिधिहरूप्रति असन्तुष्टि प्रकट भएपछि वार्ता अघि बढ्न सकेन।
सरकारले तोकेको जेनजी प्रतिनिधि टोलीको छनोटमा केही युवाहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए। उनीहरूबीच कसलाई सरकारसँग वार्तामा पठाउने भन्ने विषयमा सहमति नजुट्दा छलफल स्थगित गरिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार, जेनजी समूहभित्रको विवाद समाधान भएपछि मात्र राष्ट्रपतिसँगको संवाद पुनः तय गरिनेछ।





Comment