तीन महिनाका लागि इलाम संकटग्रस्त क्षेत्र घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन महिनाका लागि इलाम संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति बेहोरेको इलामलाई आगामी तीन महिनाका लागि संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै सञ्चारमन्त्री जगदीश खरेलले भने, “बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकाले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।”

हालसम्मको विवरण अनुसार बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रकाशित : 9 October, 2025 7:22 pm