काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति, र धितो सुरक्षणमा रहेको सम्पत्ति को लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालन गरेको पोर्टल मार्फत ग्राहकहरूले लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, र स्थान (Google Map) सहितको विवरण प्राप्त गर्न सक्नेछन्।
पोर्टलमा उपलब्ध जानकारी हेरेपछि, इच्छुक ग्राहकहरूले थप जानकारी आवश्यक परेमा म्यासेज बक्स मार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखेर सिधा सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
बैंकले यस पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्ति र सम्बन्धित सूचनाहरू अपडेट गर्ने जनाएको छ। इच्छुक ग्राहकहरूले पोर्टलको लिंकमार्फत सम्पूर्ण विवरण हेरेर लिलाम बिक्रीको फाइदा उठाउन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।





Comment