डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानि गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको जानकारी गराएको छ ।

मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

प्राधिकरणले डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनीनेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित : 28 September, 2025 11:41 am