सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस ?



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै उक्त बोनस सेयरका लागि कर तिर्न सेयरधनीलाई चुक्ता पुँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय भएको छ । बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : 26 September, 2025 12:20 pm