चाडबाड लक्षित यातायात व्यवस्थापनका लागि मन्त्री घिसिङद्वारा सरोकारवालासँग छलफल, ७ बुँदे निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

चाडबाड लक्षित यातायात व्यवस्थापनका लागि मन्त्री घिसिङद्वारा सरोकारवालासँग छलफल, ७ बुँदे निर्णय

काठमाडौं – चाडपर्वका बेला हुने यात्रुको चापलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सरोकारवाला निकायहरूसँग विशेष छलफल गरेका छन्।

मन्त्रालयमा आयोजित उक्त बैठकमा यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

मन्त्री घिसिङले चाडबाडमा यात्रुहरूले सहज र सुरक्षित यात्रा गर्न सकून् भन्ने उद्देश्यले २४ सै घण्टा सडकको अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने, र आकस्मिक समस्या समाधानका लागि तत्काल व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए।

बैठकले यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी ७ वटा महत्वपूर्ण निर्णय गरेको छ:

१. नागढुंगा–सिस्नेरी–सुरुङ मार्ग प्रयोग:

दशैं अघि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारीहरूलाई सुरुङमार्ग प्रयोग गराउने, र दशैंपछि पुनः काठमाडौं प्रवेश गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्ने।

२. सुरक्षा व्यवस्थापन:

नयाँ बसपार्कसहित मुलुकभरका प्रमुख राजमार्गहरूमा सुरक्षा चुस्त राख्न प्रहरी गस्ती बढाउने र जनशक्ति थप्ने कार्यमा गृह मन्त्रालयलाई नेपाल प्रहरीलाई निर्देशन दिन अनुरोध गर्ने।

३. भारी मालबाहक सवारी सञ्चालनमा रोक:

दशैं अवधिभर बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा १२ चक्के वा सोभन्दा बढी चक्काका भारी सवारी सञ्चालन नगर्न अनुरोध गर्ने, तर खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर चल्न दिने व्यवस्था मिलाउने।

४. सडक स्तरोन्नति र मर्मत:

देशभरका प्रमुख सडकलाई चुस्त राख्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्था गर्न, पहिरो व्यवस्थापन गर्न, तुइन खोलाको अवरोध हटाएर नारायणगढ–मुग्लिन मार्ग तुरुन्त सञ्चालनमा ल्याउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी निर्देशन दिने।

काठमाडौं, भदौ २० – चाडपर्वका बेला हुने यात्रुको चापलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार सरोकारवाला निकायहरूसँग विशेष छलफल गरेका छन्।

मन्त्रालयमा आयोजित उक्त बैठकमा यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

मन्त्री घिसिङले चाडबाडमा यात्रुहरूले सहज र सुरक्षित यात्रा गर्न सकून् भन्ने उद्देश्यले २४ सै घण्टा सडकको अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने, र आकस्मिक समस्या समाधानका लागि तत्काल व्यवस्था गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए।

बैठकले यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी ७ वटा महत्वपूर्ण निर्णय गरेको छ:

१. नागढुंगा–सिस्नेरी–सुरुङ मार्ग प्रयोग:

दशैं अघि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारीहरूलाई सुरुङमार्ग प्रयोग गराउने, र दशैंपछि पुनः काठमाडौं प्रवेश गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्ने।

२. सुरक्षा व्यवस्थापन:

नयाँ बसपार्कसहित मुलुकभरका प्रमुख राजमार्गहरूमा सुरक्षा चुस्त राख्न प्रहरी गस्ती बढाउने र जनशक्ति थप्ने कार्यमा गृह मन्त्रालयलाई नेपाल प्रहरीलाई निर्देशन दिन अनुरोध गर्ने।

३. भारी मालबाहक सवारी सञ्चालनमा रोक:

दशैं अवधिभर बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा १२ चक्के वा सोभन्दा बढी चक्काका भारी सवारी सञ्चालन नगर्न अनुरोध गर्ने, तर खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर चल्न दिने व्यवस्था मिलाउने।

४. सडक स्तरोन्नति र मर्मत:

देशभरका प्रमुख सडकलाई चुस्त राख्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्था गर्न, पहिरो व्यवस्थापन गर्न, तुइन खोलाको अवरोध हटाएर नारायणगढ–मुग्लिन मार्ग तुरुन्त सञ्चालनमा ल्याउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी निर्देशन दिने।

५. सार्वजनिक सूचना प्रकाशन:

नागरिकलाई यात्रा अघि मौसम र सडकको अवस्था हेरी यात्रा गर्न अनुरोध गर्दै सूचना जारी गर्ने।

६. कार्यविधि निर्माण:

सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउने कार्यविधि/निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी चाँडै मन्त्रालयमा पेश गर्ने।

७. कन्ट्रोल रुम सञ्चालन:

सडकको अवस्था र सुरक्षा व्यवस्थापन गर्न २४ सै घण्टा सञ्चालन हुने कन्ट्रोल रुम र फोकल पर्सनको व्यवस्था गर्ने गरी सडक विभागलाई निर्देशन दिने।

मन्त्री घिसिङले चाडपर्वको समयमा कुनै पनि यात्रु अलपत्र नपरोस् भन्ने उद्देश्यले सबै निकायहरूलाई सक्रिय र समन्वित रूपमा काम गर्न आग्रह गरेका छन्।

प्रकाशित : 20 September, 2025 5:38 pm