देउवाको निवासमा पैसाको सुरूङ्ग छैन: सचिवालयद्वारा अफवाहको कडा खण्डन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देउवाको निवासमा पैसाको सुरूङ्ग छैन: सचिवालयद्वारा अफवाहको कडा खण्डन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग रहेको भन्ने अफवाहबारे उनका सचिवालयले आधिकारिक स्पष्टीकरण दिएको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो समाचारप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै देउवा निवासमा पैसाको सुरूङ्ग नभएको स्पष्ट पारिएको छ। विज्ञप्तिमा गलत र भ्रमपूर्ण समाचार नफैलाउन सबैमा आग्रह गरिएको छ।

यसअघि सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा देउवाको निवासमा ठूलो मात्रामा पैसा लुकाइएको भन्ने खवर फैलिएको थियो, जसलाई सचिवालयले पूर्ण रूपमा निराधार ठहर गरेको छ।

प्रकाशित : 18 September, 2025 10:12 pm