जेनजी आन्दोलनमा ७२ को मृत्यु, मृतक परिवारलाई दश लाख दिने सरकारको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जेनजी आन्दोलनमा ७२ को मृत्यु, मृतक परिवारलाई दश लाख दिने सरकारको घोषणा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरेर हालसम्म ७२ जनाको मृत्यु भएको छ । हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो ।

त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैँया दिने समेत घोषणा गरिन् ।

प्रकाशित : 14 September, 2025 12:26 pm