कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनः कार्य सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनः कार्य सुचारु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् । स्थानीय सुनिल केसीका अनुसार स्थानीहरुसबै मिलेर सरसफाई गर्नकासाथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनः कार्य सुचारु गरिएको हो ।

उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग¥यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडा जस्ता आधारभूत कुराहरुको व्यवस्था ग¥यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँग प्रहरी छ है ,जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टा उहाँहरु खट्नुहुन्छ ,हामी पनि तपाईहरुलाई परेको अप्ठ्यारोमा साथ दिन्छौं है भन्ने सन्देश दिन खोजेको हौं ।’

स्थानीयहरुको यो कदमले प्रहरीहरुको मनोबल उठाउने उनले विश्वास गरे । त्यस्तै प्रहरी वरिष्ठ नायव निरिक्षक चन्द्र कुँवर श्रेष्ठले नागरिक समाज नै आफूहरुको साथमा भएपछि ढुक्कले काम गर्न सकिने वातावरण निर्माण भएको बताए।

‘अब हामीलाई पनि डर छैन् । यत्रो नागरिक समाज हाम्रो साथमा हुनुन्छ भन्ने महशुस भएको छ ।’
उनले प्रभागमा बस्न सक्ने अवस्था नभएपछि पछाडिको पर्खालबाट भागेर आफूले ज्यान बचाएको स्मण गरे ।

प्रकाशित : २९ भदौ २०८२, आइतबार ११:५४ 14 September, 2025 11:54 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।