त्रिभुवन विमानस्थल अर्को सूचना नआएसम्म बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

त्रिभुवन विमानस्थल अर्को सूचना नआएसम्म बन्द



काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्ण रूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले जटिल परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्म उडान सेवा सुचारु नहुने जनाएको छ।

सुरुमा मंगलबार दिउँसो १२ बजे विमानस्थल खोल्ने तयारी भए पनि हालसम्म खुल्ने समय निर्धारण गरिएको छैन। यसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान ठप्प भएका छन्। यात्रुहरूलाई थप जानकारीका लागि विमानस्थलको आधिकारिक सूचना पर्खन आग्रह गरिएको छ।

प्रकाशित : 10 September, 2025 2:02 pm