हिल्टन होटलमा आगजनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

हिल्टन होटलमा आगजनी



काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

प्रकाशित : 9 September, 2025 1:34 pm