गगन थापाको घरमा आगजनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गगन थापाको घरमा आगजनी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्।प्रदर्शनकारीहरूले थापाको रातोपुलस्थित निवासमा पहिलो चरणमा घरमा रहेको गाडीमा आगो लगाएका थिए।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सुरु भएको आन्दोलनमा भाग लिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले कडा दमन गरेको थियो। सो क्रममा प्रहरीले चलाएका गोलीका कारण कम्तीमा १९ प्रदर्शनकारीको मृत्यु भएको जानकारी छ।

प्रकाशित : 9 September, 2025 1:22 pm