कलंकीमा गोली चल्यो, चार घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कलंकीमा गोली चल्यो, चार घाइते



काठमाण्डौ । काठमाण्डौको कलंकीमा प्रहरीले गोली चलाएको छ । त्यहाँ बिहानैदेखि झडप भइरहेको थियो । प्रहरीले बाटो हिँडिरहेका सर्वसाधारणमाथि समेत दमन गरेको थियो । जथाभावी कुटपिट गरेको थियो।

तनाव बढ्दै गएपछि प्रहरीले गोली प्रहार गरेको हो । सो क्रममा गोली लागेर ४ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।

गोली चले पनि प्रदर्शनकारीले नाराबाजी र प्रदर्शनलाई रोकेका छैनन् । कलंकी र आसपासको क्षेत्रमा ठूलो संख्यामा अहिले प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : 9 September, 2025 1:15 pm