सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय



काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेपछि सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पछिल्ला दिनमा आन्दोलन चर्किनु र जनदबाब बढ्नुका कारण सरकारलाई प्रतिबन्ध हटाउन बाध्य भएको हो।

गत भदौ ९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार १९ भदौदेखि सामाजिक सञ्जाल बन्द गरिएको थियो। तर सोमबार भएको प्रदर्शनमा राज्यको कारबाहीका कारण डेढ दर्जनभन्दा बढी युवाको मृत्यु र सयौं घाइते भएपछि सरकारले प्रतिबन्ध फुकुवा गरेको हो।

मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारलाई कुनै पश्चाताप नभएको स्पष्ट पारे।

प्रकाशित : 9 September, 2025 6:11 am