जेन–जी प्रदर्शनः मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जेन–जी प्रदर्शनः मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर



काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् । उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।

सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

प्रकाशित : 8 September, 2025 5:17 pm