रिलायबल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

Feature News

रिलायबल लाइफ इन्स्योरेन्स ९औं वर्षमा प्रवेश

काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड ९औं वर्षमा प्रवेश गरेको छ।

कम्पनीले स्थापना भएदेखि अहिलेसम्म ग्राहकको विश्वास, साथ र योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र सुरक्षित भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

सीईओ नारायणबाबु लोहनीका अनुसार कम्पनीले आठ वर्षको अवधिमा हजारौँ ग्राहकलाई जीवन बीमा सुरक्षासँगै भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाले आफ्नो ‘सुरक्षाको साथ, भविष्यको विश्वास’ भन्ने मूल मन्त्रलाई आगामी दिनमा अझ मजबुत बनाउन जोड दिने जनाएको छ।

यस अवसरमा कम्पनीले ग्राहक, एजेन्ट, कर्मचारी र सबै सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सुधार र नयाँ सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने सीईओ लोहनीले बताए।

प्रकाशित : १६ भदौ २०८२, सोमबार ०७:३८ 1 September, 2025 7:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।