काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले शेयरधनीहरुलाई चूक्ता पूँजीको ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।





Comment