माछापुच्छ्रे बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

बैंक / वित्त

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले शेयरधनीहरुलाई चूक्ता पूँजीको ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद (करसहित) गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित : १३ भदौ २०८२, शुक्रबार २१:३१ 29 August, 2025 9:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।