नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त



काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन् । भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्।

प्रकाशित : 29 August, 2025 1:56 pm