काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी, उनीहरूको परिवार तथा ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट दिने उद्देश्यले दुई संस्थासँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।
बैंकले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–०२ मा अवस्थित माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. सँग सम्झौता गरी रिसोर्टका सेवामा लाग्ने शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरेको छ । सम्झौतामा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल भदौ ९ गते सम्पन्न भएको हो ।
यस्तै, मोरङ जिल्लाको बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. सँग पनि बैंकले छुट सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालमा प्रदान हुने स्वास्थ्य सेवामा ५ देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । यस सम्झौतामा नेपाल बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल भदौ २ गते सम्पन्न भएको हो ।
नेपाल बैंकका अनुसार यस्ता सहकार्य कार्यक्रमहरूले ग्राहक तथा कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने र बैंकप्रतिको विश्वास अझ मजबुत हुने विश्वास लिइएको छ ।





Comment