देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई हुलाक टिकटमा प्रकाशन गरिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित भीम बहादुर पाँडेको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यकममा उनले मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने कामहरु गर्न पाएको भन्दै देश र जनताको पक्षमा लाग्ने सपुतहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने बताए ।

उनले भने, ‘यो मन्त्रालय आएपछि आफैलाई गौरव लाग्ने काम गर्न पाएको छु । त्यसकारण पनि सञ्चारमन्त्री भएको कुरामा गर्व गर्छु । भीम बहादुर पाँडे जस्ता व्यक्तिको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउन पाउदा खुसी लागेको छ । उहाँहरु पनि देश र जनताको पक्षमा लाग्ने सपुतहरु हुन् । यस्तो व्यक्तिहरु त म खोजी खोजी हुलाक टिकटमा प्रकाशन गर्छु । कति त सत्तामा पहुँच नभएर पनि यस्तो कुरा बाहिर नआएको हुन्छ । म आएपछि लुकेकालाई पनि खोज्ने गरेको छु ।’

यस्तै, उनले लोप हुन लागेको वस्तु, ठाँउ संरक्षण गर्ने ठाँउ हुलाक भएको भन्दै आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि हुलाक टिकटहरुको महत्व रहेको बताए ।

प्रकाशित : ३ भदौ २०८२, मंगलबार १२:५७ 19 August, 2025 12:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।