सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अर्थबजार स्टोरी

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन्। सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१/८२ को संचित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो ।

सानिमा ग्रोथ फण्डले आफ्ना इकाइधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो भने सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत (कर सहित) लाभांश प्रस्ताव गरेको हो ।

सानिमा ग्रोथ फण्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभाश दिने निर्णय गरेको छ भने लार्ज क्याप फण्डले २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित : २९ श्रावण २०८२, बिहिबार १३:१३ 14 August, 2025 1:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।