मल संकटमा प्रधानमन्त्री ओलीको चेतावनी : ‘तपाईंहरूको लापरबाहीले नेता–मन्त्रीसम्मले गाली खानु परेको छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

मल संकटमा प्रधानमन्त्री ओलीको चेतावनी : ‘तपाईंहरूको लापरबाहीले नेता–मन्त्रीसम्मले गाली खानु परेको छ’

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् । रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।

सोहि क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन् । उनले भने,‘किसानले किन ’मल पाएनौं’ भनिरहेका छन ? यो गुनासो तत्काल सम्बोधन होस । ‘तपाईँहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन । तर, गाली तपाइँहरूको संस्थाले खाएको छैन । तपाइँहरूको संस्था चुप लागेर बसेको छ । गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने ।

सोहि विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ । हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ ।’ उनले आफु प्रधानमन्त्री हुने वित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको पनि बताएका छन् ।

प्रकाशित : २८ श्रावण २०८२, बुधबार १२:०० 13 August, 2025 12:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।