सानिमा बैंकको मुनाफा ९२ प्रतिशतले बढ्दा लाभांश क्षमता दोब्बर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

बैंक / वित्त

सानिमा बैंकको मुनाफा ९२ प्रतिशतले बढ्दा लाभांश क्षमता दोब्बर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आवको चौथो त्रैमासमा ९२.१३ प्रतिशतले वृद्धि भई २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम १ अर्ब ४४ करोड रुपैयाँ मात्र थियो। मुनाफामा आएको तीव्र वृद्धिसँगै बैंकको लाभांश वितरण क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै लाभांश दिने अवस्थामा रहेको बैंकले समीक्षा अवधिसम्म भने २०.४७ प्रतिशत लाभांश दिन क्षमता बनाएको छ ।

बैंकले यो अवधिसम्म २ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.९६ प्रतिशतले बढी हो । बैंकले खुद ब्याज आम्दानी पनि २.८२ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । अघिल्लो आवमा १ अर्ब ४४ करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब ७८ करोड र रिजर्भ ५ अर्ब ८९ करोडबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढ्दै १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३९.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८० गुणा र तरलता अनुपात ३०.९५ प्रतिशत कायम भएको छ ।

प्रकाशित : २६ श्रावण २०८२, सोमबार १२:२२ 11 August, 2025 12:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।