बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउँदै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

हेटौंडा । बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन यही २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलोपटक नयाँ भवनमा आयोजना हुनेछ । सो दिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने माइक र जेनेरेटर जडानको अन्तिम तयारी भइरहेको छ । ‘माइक र जेनेरेटरको काम सोमबारसम्म सकिन्छ । त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’ पौडेलले भने।

यो भवनको शिलान्यास १० मंसिर २०७७ मा भएको थियो । झन्डै साढे चार वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आएसँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ ।

प्रकाशित : २६ श्रावण २०८२, सोमबार ११:२४ 11 August, 2025 11:24 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।