कक्षा १२ को नतिजा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपश्चात नतिजा सार्वजनिक गरिएको हो ।

यसपटकको कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा १० दिन ढिला सञ्चालन भएको थियो । जसमा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए । कुल संख्यामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् ।

यस पटक नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा २९ दिने लामो शिक्षकहरूले आन्दोलनका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।

प्रकाशित : 4 August, 2025 6:33 pm