सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

सार्वजनिक सडक सीमा भित्रका संरचना आफैं हटाउन काठमाडौं महानगरपालिकाको आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । काठमाडौंको जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक केन्द्र र आसपास दायाँबायाँ दुबै तर्फ १५/१५ मिटरको सडक सीमा भित्र पर्ने संरचना हटाउन काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिति २०७८/१०/१६ मा प्रकाशित राजपत्र अनुसार र सडक विभागको निर्देशन अनुसार स्थानीय सरकारसँग समन्वयमा काठमाडौं महानगरपालिकाले मिति २०८२/०४/०६ मा सूचना प्रकाशन गरी तीन दिनभित्र सो क्षेत्रमा पर्ने सबै संरचना, पसल, टहरा, पर्खाल, सवारी साधन आदि हटाउन सूचित गरेको हो ।

सूचनामा सार्वजनिक सडक ऐन २०३१ को दफा १६ अनुसार कुनैपनि संरचना सडकको सीमा भित्र निर्माण गर्न पाइँदैन र गरिएमा ती संरचना बिना क्षतिपूर्ति हटाइनेछ। यसअघि पटक–पटक सूचना दिँदासमेत अटेरी गरेकाले यो अन्तिम सूचना भएको काठमाडौं महानगरले स्पष्ट पारेको छ ।

निर्धारित समयभित्र स्वेच्छाले हटाइएको खण्डमा कुनै कारबाही नहुने तर म्यादभित्र हटाइएन भने २०७८ सालको राजपत्र तथा प्रचलित कानुन बमोजिम बाध्यात्मक रूपमा हटाइने, त्यसबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : ७ श्रावण २०८२, बुधबार १२:३४ 23 July, 2025 12:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।