काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।
मंगलबार समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा। शरदहरि गजुर्यालले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अन्नपूर्ण न्युरो अस्पतालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
अन्नपूर्ण न्युरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरूमा ग्लोबल आईएमई बैंकका ग्राहकहरूले छुट पाउनेछन् । नसा रोगसम्बन्धी सेवाको लागि लोकप्रिय अन्नपूर्ण न्युरो अस्पतालले अन्य विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको छ ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर आफ्ना ग्राहकरूलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड(२०२४ र २०२५ तथा युरो मनि अवार्ड फर एक्सलेन्स(२०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक हो ।
साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक(फरक विधामा सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।





Comment