सिन्धु विकास बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा भने ऋणात्मक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा भने ऋणात्मक



काठमाडौं। सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उल्लेख्य नाफा कमाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षावधिमा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो।

अघिल्लो आवमा बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ मात्र थियो। बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घट्दै १३ करोड ३७ लाख रुपैयाँमा झरेको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि घटेर १ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो आवमा २ करोड १९ लाख रुपैयाँ थियो।

यद्यपि बैंकको सञ्चालन मुनाफा २ करोड ९६ लाख रुपैयाँबाट बढेर १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यस्तो सुधारको मुख्य कारण भनेको १७ करोड ९० लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्जको रिभर्सल हो। जसले बैंकको खुद नाफामा सकारात्मक असर पुर्‍याएको छ।

तर, नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने २० करोड ७५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुगेको छ। त्यस्तै, बैंकको रिटेन्ड अर्निङ पनि ऋणात्मक छ भने रिजर्भमा भने १३ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ।

समीक्षावधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ८९ करोड रुपैयाँबाट घटेर ५ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, कर्जा प्रवाह पनि ३ अर्ब ५८ करोडबाट घटेर ३ अर्ब २५ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)२१.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४५.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.९९ गुणा र तरलता अनुपात ४३.७२ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 22 July, 2025 2:05 pm