दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दूरसञ्चार प्राधिकरणद्वारा नेपालमा टेलिग्राम एप बन्द 



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो ।

प्राधिकरणले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्थाका लागि  सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिएको छ ।

अनलाइन ठगी र  मनी लाउण्डरिङ्गको लागि टेलिग्राम एपको प्रयोग भएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित : 18 July, 2025 7:11 pm