दालमोठ र आलुचिप्स उत्पादन गर्न हरित कोइला उपयोगी भएको छ : हरि दुलाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दालमोठ र आलुचिप्स उत्पादन गर्न हरित कोइला उपयोगी भएको छ : हरि दुलाल



काठमाडौं । पछिल्लो समय मझौला उद्योगहरुमा हरित कोइलाको प्रयोग बढ्न थालेको छ । विदेशबाट आयातित इन्धन, डिजेल, पेट्रोल र एलपी ग्याँसको विकल्पमा स्वदेशमा उत्पादित हरित कोइलाको प्रयोग हुन थालेको हो । हरित कोइलाको प्रयोग नेपालमा पछिल्ला बर्षहरुमा मात्र प्रयोगमा आउन थालेको हो ।

वन जंगलमा पाइने झारपात, खेर गएको बनको झाडी, डस्ट (काठ मिल बाट निस्केको धुलो) प्लाइको भेनीएरको ह्स्टिहरु राखेर तयार गरिएको हरित कोइला सस्तो र प्रभावकारी हुने गरेको उद्योगीहरुको भनाइ छ । काठमाडौं साँखुमा रहेको सलम्बु चिप्स उद्योगका सिइओ हरि दुलालले उद्योगमा पूर्ण रुपमा हरित कोइलाको प्रयोग गरेर सामग्री उत्पादन गर्दा सस्तो पर्ने गरेको बताए।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले हरित कोइलाको प्रवद्र्धनलाई बढाउनको लागि उद्योगमा उक्त कोइलाको प्रयोग गरेको भन्दै दालमोठ, आलु चिप्स, फुरनदाना, बदाम उत्पादन भइरहेको बताए । उनले भने, ‘उद्योगमा हामीले डिजेलको प्रयोग नै गरेका छैनौं । सबै हरित कोइलाको प्रयोगबाट नै सामानहरु बन्ने हो । यस उद्योगबाट सूचिका र सेरोफेरो भन्ने दुईवटा ब्राण्डमा सामानहरु उत्पादन भइरहेको हुन्छ । दालमोठ, आलु चिप्स, फुरनदाना, बदाम उत्पादन भइरहेको छ ।’

यस्तै, उनले उद्योगबाट उत्पादन भएको वस्तु मुख्य काठमाडौंभित्र बढी खपत हुने भन्दै विस्तारै यसलाई नेपालभर पु¥याउने कोशिस जारी रहेको पनि बताए । उनले भने, ‘सामानहरु मुख्य काठमाडौंभित्र बढी खपत हुन्छ । आसपासका जिल्लाहरुमा पनि पुर्याउँछौं । विस्तारै यसलाई नेपालभर पु¥याउने कोशिस जारी छ । बाहिर निर्यात गर्नको लागि हामीले अझै धेरै तयारी गर्नुपर्ने देखिन्छ । हाम्रो सामान विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ ।’

उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि ३० देखि ४० जनाले रोजगारी पाइरहेका छन् । दिनमा २ देखि ३ लाखसम्मको सामान उत्पादन गर्ने उद्योगले महिनामा ६०–७० लाखसम्मको उत्पादन गर्छ । कोइरालाका अनुसार हरित कोइलाले उत्पादित खाद्य सामग्री पनि स्वादिलो हुने गरेको छ ।

प्रकाशित : 14 July, 2025 2:10 pm