सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले (असार २९ गते) आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ७.२५ प्रतिशत ब्याजदरको ‘एसबिएल डिबेञ्चर २०९१’निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ बराबरको १० लाख ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ ।

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको ऋणपत्र असार ३२ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा साउन ११ गतेसम्म लम्बिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : २९ असार २०८२, आइतबार १२:५० 13 July, 2025 12:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।