काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।

मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे ।

बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको उनले बताए । उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु ।’

प्रकाशित : 11 July, 2025 4:52 pm