सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४.८२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४.८२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राख्यो



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चार लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी शेयरहरू हालका संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी बिक्री प्रक्रिया सुरू गरेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको शेयरको विवरण खुलाएर नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट निवेदन नआएमा ती शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

प्रकाशित : 27 May, 2025 12:02 pm