बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लिलादेवी गड्तौला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार टिभी

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लिलादेवी गड्तौला



सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई अध्यक्षमा नियुक्त गरेको हो । गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल, विनिता नेपाली सदस्य छन् ।
नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह रहने छ भने उनीहरुको कार्यकाल चार वर्षको हुनेछ ।

प्रकाशित : 14 May, 2025 10:20 pm