कोशी लगानी सम्मेलनमा चन्द्र ढकालले भने-‘नेपालमा लगानीको वातावरण बन्दैछ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोशी लगानी सम्मेलनमा चन्द्र ढकालले भने-‘नेपालमा लगानीको वातावरण बन्दैछ’



काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले परम्परागत ढंगका कानून परिवर्तन गरेर सरकारले लगानीको वातावरण बनाएको बताएका छन् ।

कोशी प्रदेशमा आजदेखि सुरु लगानी सम्मेलनमा उनले लगानीको वातावरणलाई अवरोध गर्ने कानुनहरू परिमार्जन भएको बताए ।

नेपालमा लगानी गर्ने माहोल नै नभएको भनेर भाष्य सृजना भइरहेको भन्दै ढकालले प्रदेश सरकारले राखेको सोकेशका आयोजनामा लगानी गर्न प्रेरित गरेका छन् ।

‘यहाँका सम्भावित परियोजनाहरूमा निजी क्षेत्रले लगानी गर्छ । सरकारले पनि प्रतिबद्धता कार्यान्वयनमा लैजानु पर्छ । वातावरण बन्दै गए अझ धेरै लगानी बढ्छ’, ढ
कालले थपे ।

प्रकाशित : 1 May, 2025 4:25 pm