हिमालयन बैंकको एफपीओ सेबोनमा, प्रिमियम मूल्यमा ९२ लाखभन्दा बढी सेयर निष्कासन तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको एफपीओ सेबोनमा, प्रिमियम मूल्यमा ९२ लाखभन्दा बढी सेयर निष्कासन तयारी



काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले सो कार्यका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० अनुपात कायम गर्न प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको छ ।

राष्ट्र बैंकको स्वीकृती र साधारण सभाको अनुमोदनसँगै सेयर निष्कासन प्रकृयाका लागि बैंक सेबोनमा पुगेको हो ।

प्रकाशित : 24 April, 2025 12:56 pm