महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको १५ लाख १४ हजार बढी कित्ता शेयर आज चैत ३१ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको मतलब शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।

तोकिएको मितिभित्र लगानीकर्ताले काठमाडौंको नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलमा शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार १०:३८ 13 April, 2025 10:38 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।