पत्रकार महासंघ अध्यक्ष काफ्लेले समाचार रोक्न पैसा लिएको घट्नाबारे छानविन गर्न युनियनको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पत्रकार महासंघ अध्यक्ष काफ्लेले समाचार रोक्न पैसा लिएको घट्नाबारे छानविन गर्न युनियनको माग



सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र पत्रकार शुभद्रा प्याकुरेलमाथि लागेको आराेपमाथि छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाही गर्न माग गरेको छ।

युनियनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित ‘समाचार रोक्न पैसा लिएको’ आरोपबारे आठ दिन बितिसक्दा पनि अध्यक्ष काफ्लेको कुनै प्रतिक्रिया नआएकोप्रति आश्चर्य प्रकट गरेको छ।

नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरी शाखा, कोशी प्रदेश समिति, र केन्द्रीय कार्यसमितिसँग यस विषयमा गम्भीर ध्यान दिन आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

पत्रकारिताको मूलभूत मूल्य–मान्यताको रक्षा गर्दै यस्ता गम्भीर आरोपहरूको छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै युनियनले पत्रकारिताको विश्वसनीयता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ।

प्रकाशित : 18 March, 2025 10:09 pm