वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

मुख्य समाचार

वाटर इनर्जी सोलुसनले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत १५ गते सातौं वार्षिक साधारणसभा डाकेको छ। सभा भक्तपुरको कौशलटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको पूँजी घटाउने, सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

प्रकाशित : २३ फाल्गुन २०८१, शुक्रबार ०९:२६ 7 March, 2025 9:26 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।