काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन १२ गते बैंक तथा वित्तीय संस्थाबाट एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो।
योसँगै कुल निक्षेप ६७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ थियो।
तथ्यांकअनुसार वाणिज्य बैंकहरुको पनि कुल निक्षेप २० अर्ब रुपैंयाले घटेको छ । फागुन ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा फागुन १२ गते घटेर ५९ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।
यता कर्जा विस्तारमा भने सुधार देखिएको छ । फागुन १२ सम्म बैंक तथा वित्तीय संस्थाबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार भएको छ। यो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४१ अर्ब रुपैयाँ थियो।
फागुन १२ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६९ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।





Comment