अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो।

मन्त्री पौडेल र मेयर आचार्य दुवैको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै पनि खराब असर नपारेको अस्पतालले जनाएको छ ।।

मेयर आचार्यको जलनको घाउ निको हुदै गएपनि उनलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण केही दिन थप उपचार हुने जानकारी अस्पतालले दिएको छ।

मन्त्री पौडेल र मेयर आचार्य दुवैको पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा शनिबार हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्कासँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो।

बेलुन फुट्दा आगोको झिल्काले अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको दुवैको हात र अनुहार सामान्य जलेको थियो।

त्यसपछि दुवैलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो।

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार १५:४२