काठमाडौं ८ बैशाख ।साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन तोलामा १ सय रुपैयाँले घटेर प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्रान फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ८६ रुपैयाँ कायम गरेको छ।
Comment