ओमोडाका ईभी नेपालका लागि सुहाउदोः मुख्यमन्त्री लामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ओमोडाका ईभी नेपालका लागि सुहाउदोः मुख्यमन्त्री लामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी (विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ओमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा मुख्मन्त्री लामाले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताएका हुन् ।

उनले भने, ‘ओमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ । पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’

यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले पैसा छुटाएको बताए ।

उनले भने, ‘इलेक्ट्रिक गाडीहरु ल्याएपछि यसलाई चार्ज गर्नको लागि ठाँउहरु भने हुनुपर्ने कुरा पनि छ । चार्जिङ् पोइन्टहरु पनि छन् तर यसलाई बढाउनका लागि सरकार र बागमती प्रदेशले पनि चार्जिङ् पोइन्टहरु लागि केही पैसा छुटाएका छौं र यसलाई व्यवस्थित गर्नको लागि श्रम रोजगार तथा यातायात मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ हेरेको छ ।’

यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने, पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुनःनिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।

प्रकाशित : १३ माघ २०८१, आईतवार १२:१९